छोराको सम्झनामा अस्पताललाई आवासगृह हस्तान्तरण

0
Shares

सलिम अन्सारी,प्यूठान ।
धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन, समाजमा प्राय यस्ता भनाइ सुन्ने गरिन्छ । तर, बेलायतका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी प्यूठानमा आवासगृह निर्माण गरिदिएका छन् । आफनो दिवँगत छोराको सम्झनामा बेलायती नागरिक जिम र मेरिलिन साइमन दम्पतीले दुइ करोड रुपैयाँ आवासगृह निर्माणमा लगानी गरेका हुन। निक साइमन इन्ष्टिच्युटले प्यूठानको जिल्ला अस्पताललाइ आवासगृह हस्तान्तरण गरेको हो।

जिम दम्पतीले मँगलवार एक कार्यक्रमका बीच जिल्ला स्वास्थ्य कार्यालय व्यावस्थापन समितीका अध्यक्ष मेघराज पूरीलाइ उक्त आवासगृहको साँचो सँयूक्त रुपमा हस्तान्तरण गरे । सो अवसरमा आफना छोरा निक साइमनको सँझनामा नेपालका बिभिन्न स्थानका स्वास्थय क्षेत्रमा सहयोग गर्दै आएको इन्ष्टिच्युटका सँस्थापक जिमले बताए।स्वास्थय सेवाबाट बन्चित समुदायका लागी सहयोग गर्दै आएका छौ जिमले भने छोराको सँझनामा भवन निर्माण गरेका हौ ।

नेपालमा कार्यरत रहेकै बखत आफनो प्यारो छोराको निधन भएपछि नेपाल सरकारसँगको सहकार्यमा नेपालको स्वास्थय क्षेत्रमा सहयोग सुरु गरेको इन्ष्टिच्युट सँस्थापक जिम दम्पतीले बताए। स्वास्थयकर्मीको सहज व्यावस्थापनका लागी स्वास्थ्य कार्यालय नजिकै आवासगृह निर्माण गरिएको जिल्ला स्वास्थय कार्यालयका जनस्वास्थयअधिकृत बिशाल सुवेदिले जानकारी दिए।

इन्ष्टिच्युटले जिल्ला अस्पतालमा स्वास्थयकर्मीको आवासका लागी दुइतले भवन निर्माण गरिदिएको हो। भवनमा ९ वटा कोठा छन।