प्रहरी दिवसको अवसरमा बजार सरसफाई कार्यक्रम

0
Shares

विमल विष्ट,डोटी ।
६२ औ प्रहरी दिवसको अबसरमा क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रमुख ब्यापारी केन्द्र पिपल्ला बजारको प्रहरीले बिहिबार बिहान शरसफाई गरेका छन् । ‘बजारको फोहर हटाउँ, सुन्दर र हराभरा युक्त शहर निर्माण गरौ’ भन्दै ७ नम्बर प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, सुदूरपश्चिम प्रहरी अस्पताल तथा शसस्त्र प्रहरी गण न १ गुल्म दिपायलका प्रहरीहरु एका बिहान हात हातमा झाडु बोकेर बजार शरसफाईमा निस्किएका थिए ।

प्रहरीले आयोजना गरेको उक्त बजार सरसफाई अभियानमा नेपाल प्रहरीका प्रहरी बरिष्ठ अधिकृत लगायत डोटी उद्योग बाणिज्य संघका पदाकिारी,स्थानियबासी तथा सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो । प्रहरीले बजार सरसफाई गरेपछि अहिले पिपल्ला बजार शुन्दर र सफा देखिएको बजार शरसफाईमा संलग्न दिपायल पिपल्लाका स्थानिय तथा समाजसेवी धनबहादुर शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘आफुले गरेको फोहर अरुले बडारी देला भनेर कुर्नु भन्दा आफै सर्फा गर्न तिर लागे यो बजार सधै शुन्दर देखिने छ ।’ यहाँको एकमात्र प्रमुख ब्यापारी केन्द्र पिपल्ला बजारको बिगत देखी नेपाली सेना, नेपाल प्रहरी लगायतले शरसफाई गर्दै आएका छन् ।
नेपाल प्रहरी तथा बाणिज्य संघका पदाधिकारी बजारमा शरसफाई गरिरहेपनि यहाँका अधिकांस ब्यापारीहरु भने बजार शरसफाईमा कहिल्यै पनि ननिस्किने गरेको शरसफाईमा संलग्नहरुको आरोप छ ।

उता डोटी उद्योग बाण्ज्यि संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बजार शरसफाई अभियानमा ननिस्किने ब्यापारीलाई कार्वाहि हुने बताउनु भयो । उहाँले भन्नु भयो ‘फोहर पनि गर्ने सफा गर्न पनि ननिस्किनेलाई कार्वाहि हुन्छ, आँफु फोहर गर्ने अरुले सफा गरिदेला भनेर बाटो कुर्ने,ब्यापारीले गरेको फोहर अरुले कहिले सम्म सफा गर्ने ।’