माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता

0
Shares

काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच बुधबार पार्टी एकीकरण भएको छ । राजधानीमा भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संयुक्तका अध्यक्ष गणेश साहले एकता घोषणाबारेको पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै पार्टीको संयुक्त घोषणापत्रमा देशका कम्युनिष्ट पार्टीलाई गोलवद्ध हुन अनुरोध पनि गरिएको छ । एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीबीच नयाँ एकता र ध्रुवीकरण सुरु भएको उल्लेख गरेका छन् ।

‘यो एकता प्रक्रिया सच्चा कम्युनिष्ट क्रान्तिकारी र श्रमजीवी जनताका लागि खुसीको कुरा हो’, प्रचण्डले सम्बोधन गर्दै भनेका छन् । संयुक्तका अध्यक्ष साहले कम्युनिष्टबीचको एकताले देशमा समाजवाद ल्याउने दााबी गरे । माओवादी केन्द्रमा मिसिएको नेकपा संयुक्तका तीन जना सांसद रहेका छन् ।