मलद्वारभित्र १ किलो सुन !

0
Shares

काठमाडौं । साचै नै भन्ने हो भने अब बिश्वमा मानिसले यो काम गर्न बाकि छ भन्ने दिन पनि पनि छैन होला। पैसाले र बैश ले कसैलाई पुग्दैन भन्थे हुँदाहुँदा तस्करहरुले मलद्वारभित्र लुकाएर सुनको तस्करी गर्न थालेछन् ।
घटना श्रीलंकाको हो । हालै एक श्रीलंकाली पुरुषलाई पुलिसले कोलम्बो एयरपोर्टमा पक्राउ गर्यो । एयरपोर्टको डिपार्चर कक्षबाट पक्राउ परेको ती व्यक्तिमाथि शंका लागेर खानतलासी गर्दा उनको मलद्वारभित्र छिराएको झण्डै एक किलो सुन बरामद भएको छ ।४५ वर्षका ती पुरुष भारतका लागि उड्दै थिए । जब उनी निकै अप्ठेरो गरी हिँडिरहेको अधिकारीहरुले देखे तब उनीमाथि शंका उत्पन्न भयो र उनलाई नियन्त्रणमा लिइएको थियो । उनको मलद्धारबाट ९ सय ५ ग्राम सुन बरामद भयो ।अधिकारीहरुका अनुसार प्लास्टिकको झोलामा बेरेर उनले सुनलाई मलद्वारभित्र घुसाएका थिए । उनलाई पक्राउ गरियो । तर पछि उनलाई झण्डै डेढ लाख रुपैयाँ बराबरको जरिवाना गरी मुक्त गरिएको बताइएको छ ।
–एजेन्सी