एमाले नेता साहको घाँटी रेटी हत्या !



सिरहा । नेकपा एमालेका एक नेताको घाँटी रेटी हत्या गरिएको छ । सिरहाको कन्र्जवा नगरपालिकाका एमाले नेता शशीभुषण साहको घाँटी रेटी हत्या गरिएको प्रहरीले जनाएको छ । अपरिचत समूहले राति सुतिरहेको समयमा ३८ वर्षीय साहको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले हत्याराको खोजी गरिरहेको घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।  सोमबार राति अवेर मिर्चैयाबाट साथीहरुसँग रक्सी खाएर आएका साह घरको भुइँतलामा एक्लै सुतेका थिए । साहको सुतेकै ठाउँमा हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बज्राचार्यले जानकारी दिए । माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राति साढे १ बजे तिर शौचगर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्लै देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ । असोज २ गते भएको स्थानीय तहको चुनावमा साहकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर बनेकी थिइन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने साहकी श्रीमतीले आरोप लगाएकी छिन ।  साहका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्