भारतीय ‘सार्पसुटर’ पक्राउ



काठमाडौं, (नेस)
भारतबाट काठमाडौं आएका दुई जना ‘सार्पसुटर’ पक्राउ परेका छन्।

शनिबार काठमाडौंको जोरपाटीस्थित नारायणटारबाट पक्राउ परेका दुवै जना भारतीय ‘सार्पसुटर’ रहेको तथा भारतीय प्रहरीको खोजीको सूचीमा रहेको नेपाल प्रहरीले जनाएको छ। उनीहरू कसैको हत्याका लागि नेपाल आएको प्रहरीको आशंका गरेको छ। पक्राउ पर्नेमा भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार उनीहरू दुवै भारतीय प्रहरीको खोजीको सूचीमा रहेका व्यक्तिहरू हुन्। उनीहरू नेपाल आएको विषयमा प्रहरीबाट अनुसन्धान भइरहको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्