गौचन हत्याको जिम्मा लोप्सन लामाले लिए (अडियोसहित)


काठमाडौँ । काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा लोप्सन लामाले लिएका छन । काठमाडौंको शन्तिनगरमा गौचनको गोली हानी हत्या भए लगत्तै पत्रकार रमेश जम्कट्टेललाई फोन गरी लामाले गौचनको हत्या आफूले गरेको दाबी गरेका छन । साथै उनले दाबा लामालाई आफ्नो योजनामा गोली हानिएको समेत दाबी गरेका छन । लामाको फोन लगत्तै जम्कट्टेलले फेसबुकमा यस्तो पोष्ट गरेका छन ।

जम्मकट्टेलसँग लोप्सनले गरेको कुराकानी यहाँ सुन्न सक्नुहुन्छ ।

https://youtu.be/cpPKBQILv1w

सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो । गौचनको शरिरमा तीनवटा गोली लागेको छ । जसमा एउटा गोली मुटुमा, एउटा कलेजोमा अर्को पेटमा लागेको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए । गौचन सवार वा १३ च ४९४८ नम्बरको गाडीको अगाडीपट्टीबाट गोली प्रहार भएको छ । गौचनको गाडीको सीसा समेत गोलीले प्वाल परेको छ । गौचन बानेश्वरको खरिबोटमा रहेको आफ्नो घरबाट गाडीमा बाहिर निस्कदै गर्दा गोली प्रहार भएको प्रहरीले जनाएको छ । व्यवसायीहरूले हुलाकी राजमार्गको ठेक्को विषयलाइ लिएर गोली हानेको हुनसक्ने अनुमान गरेका छन । गोली हानेको प्रकृति हेर्दा गौचनको हत्यामा सार्प सुटरको प्रयोग भएको हो कि भन्ने शंका गर्न सकिने एक प्रहरी अधिकारीले बताएका छन ।