पेस्तोलसहित तीन जना पक्राउ गरिसक्यौँ : प्रहरी


काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मिनभवनको सडकमा प्रदर्शन गरिरहेका निर्माण व्यवसायीहरुलाई आश्वासन दिँदै काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले सो कुरा बताएका हुन् ।

उनीहरुबाट तीन राउण्ड गोली र पेस्तोल पनि बरामद गरेको धानुकले जानकारी दिए।

यसैबीच, मिनभवनमा गृहमन्त्री जर्नादन शर्माविरुद्ध सडकमा नै बसेर निर्माण व्यवसायीहरुले नाराबाजी गरेपछि अस्पताल जान लागेका उनी सुरक्षाको कारण देखाउँदै बीच बाटोबाटै फर्किएका छन् ।

अस्पतालबाट फर्के लगेत्तै उनी र आइजिपी प्रकाश अर्यालबीच छलफल भएको छ ।