बानेश्वरमा दिउँसै गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते



नेपाल समाचारपत्र, काठमाडौ ।

काठमाडौंको शन्तिनगरमा सोमवार दिउँसो गोली चलेको छ । एक निर्माण व्यवसायी शरदकुमार गौचनलाई लक्षित गरी गोली प्रहार गरेको भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले अज्ञात व्यक्तिले गोली चलाएको जानकारी दिएको छ ।

गोली चलाउने व्यक्तिको पहिचान हुन नसकेपनि निर्माण व्यवसायीको ज्यान मार्ने उद्देश्यसहित गोली प्रहार भएको हुनसक्ने महानगरीय प्रहरीले परीसरले जनाएको छ ।

गोली लागेका गौचनलाइृ अस्पताल लगिएको छ । उनको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्