​१ लाख २५ हजार घुससहित नासु पक्राउ !

0
Shares

काभ्रे  । जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री  एक लाख २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गर्दा उनी सोमबार पक्राउ परेका हुन् । गाडी दुर्घटनामा भएको अंगभंग मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरेको हो । अदालतको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।