कांग्रेसमा फर्कदै गच्छदार, आज पार्टी एकीकरण हुँदै



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुने भएको छ। कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी एकीकरणका लागि अन्तिम तयारी भएको जानकारी दिए।

उनले फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकीकारणका लागि केहि दिन देखि सघन छलफल भइरहेको र आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गच्छदारबीच छलफल भएपछि पार्टी एकताको टुंगो लागेको बताए।

कार्यविभाजनमा कुरा नमिल्दा आइतबार हुने भनिएको एकता अन्तिम समयमा रोकिएको थियो। पार्टी एकीकरणको टुंगो लागेपनि समय र स्थान भने अझै तय भइनसकेको कांग्रेस नेता एनपी साउँदले बताए। उनले भने, ुआज एकीकरण हुने निश्चित हो तर कार्यक्रमको स्थान र समय निश्चित हुन बाँकी छ।

गच्छदार २०६४ सालमा सम्पन्न स‌विधान सभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोमर प्रवेश गरेका थिए। पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्