नवराज सिलवालको राजीनामा स्वीकृत, चुनावमा भाग लिने बाटो खुल्यो



नेपाल समाचारपत्र, काठमाडौ ।

पूर्व डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृह मन्त्रालयले केही दिनअघि मात्र डिआइजी सिलवालको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। गत शुक्रबारको मिति राखेर सिलवालको राजीनामा गृहमन्त्री जनार्दश शर्माले स्वीकृत गरेका हुन्।

गृहमन्त्रीको तत्काल राजीनामा स्वीकृत गर्दिनु भन्ने निर्देशनमा राजीनामा स्वीकृत भएको स्रोतले जनाएको छ ।

आइजीपी नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सिलवालले राजीनामा दिएका थिए। भदौ २७ को अदालतको आदेशपछि साही दिन सिलवालले राजीनामाको घोषणा गरेका थिए। अौपचारिक रुपमा भने २८ गते उनको राजीनामा दर्ता भएको थियो।

सिलवालको राजीनामापत्र कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले असोज १ गते गृह मन्त्रालय पठाइएको थियो।

तर, तीन सातादेखि राजीनामा स्वीकृत भएको थिएन। राजीनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेको भन्दै उनको आलोचना समेत भएको थियो।सिलवाल शुक्रवार औपचारिक रुपमा नै नेकपा एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेशगरेसँगै आगामी निर्वाचनमा ललितपुर १ बाट समानुपातिमा उठ्ने पनि चर्चा चुलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्