बिपी राजमार्गमा अवैध रुपमा चलेका ३ सय सवारी कारवाहीमा, सय वटाको रुट खारेज



नेपाल समाचापत्र,काठमाडौं ।
यातायात व्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा चलेका ३ सय सवारीलाई कारवाही गर्न लागेको छ ।

विभागबाट खटिएको अनुगमन टोलीले बिपी राजमार्गमा नियमविपरीत चलेका बस, माइक्रो, सुमो ट्रक लगायतका सवारीलाई कारवाही गरेको हो ।

रुट इजाजत नलिएका, सो राजमार्गमा चल्न नपाउने र यात्रुसँग बढी भाडा असुल्ने एक सय सवारी कारवाहीमा परेका विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

 

यसपटक एक सय भन्दा बढी सवारीको ६ महिनासम्म रुट इजाजत खारेज गरिने उनले बताए । विभागको टोलीले एक हप्तासम्म राजमार्गमा बसेर अनुगमन गरेको थियो ।

१८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट–सिन्धुली खण्डमा चल्ने ठूला बसको पनि रुट पर्मिट खारेज गर्न लागिएको हो । अन्य सवारीलाई भने ५ हजार रुपैयाँ जरिवाना गराइने उनले बताए ।

खुर्कोट–सिन्धुली खण्डमा १८ सिटभन्दा बढीका सवारी सञ्चालन गर्न नपाइने नियम छ । तर, ४० सिटसम्मका बस पनि राजमार्गमा चलेको पाइएकाले ६ महिनाको लागि रुट खारेज गर्न लागिएको भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्