लगातार ८० घण्टा बोलेर अनन्तरामले तोडे बिश्व रेकर्ड, साथ दियो लायन्सले



नेपाल समाचापत्र,काठमाडौं,
नुवाकोटका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट बोलेर बिश्व रेकर्ड कायम गर्नुभएको छ । यस अघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घण्टा ३२ मीनेटलाई तोड्दै केसीले ४ घण्टा ४ मिनेट बढि बोलेर गिनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम दर्ता गराउनुभएको आयोजक लायन्स क्लब आफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।

असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मीनेटमा ८० घण्टा ४ मिनेट पार गर्नुभएको समय मुल्या¨न संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिनुभयो ।

ओझाले भन्नुभयो, –‘उहाँ लगातार बोल्नुभएको हो । र, अब हामीले यो रेकर्ड लण्डन स्थित गिनीज बुक अफ वल्ड रेकर्डको मुख्य कार्यालयमा केहि समय लगत्तै पठाउँछौ । त्यसपछि यसको मुल्या¨न पश्चात नतिजा आउने छ । ’

अन्तिम मुल्या¨नकर्ताका रुपमा करांतेका राष्टिय निर्णायक श्याम रोका र राजनप्रसाद दाहाल रहनुभएको थियो । ओझा यसीयन कराँते महासंघका अन्तराष्र्टिय निर्णायक हुनुहुन्छ । लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिनुभएको थियो । उहाँले ७७ वटा बिषयमा आफ्नो भाषण प्रस्तुत गर्नुभएको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रबक्ता प्रदिप भुषालले जानकारी दिनुभयो ।

आयोजकले काठमाडौंको टेक्सास कलेजको कम्यूनिटी हलमा आईतबार पत्रकार सम्मेलन गरेर बिश्व रेकर्डका बारेमा जानकारी गराएको आयोजक संस्थाका अध्यक्ष नारायण रिजालले बताउनुभयो । बिश्व रेकर्ड कायम गरे पश्चात सचिबालय प्रमुख तेजु नेपालले भन्नुभयो,–‘ समग्र लायन्स र बिश्वमा बसेका नेपालीका लागी ऐतिहासीक गर्बको बिषय हो । र, अब हामी उहाँलाई चिनाउन टिम परिचालन गरेर लागी पर्नेछौं ।’

मुख्यतह मनोक्रान्ति, अनुशासन, स्मरण शक्ति वृद्धि, शरीरका पञ्चतत्व, स्वास्थ्य लगायतका बिषयमा प्रबचन दिनुभएको लायन्स क्लब अफ बिहानि काठमाडौंका संस्थापक अध्यक्ष केशब थापाले जानकारी दिनुभयो । नुवाकोट घर भई काठमाडौं टोखा बस्दै आउनुभएका केसी लायन्स क्लबमा आबद्ध हुनुका साथै लामो समय देखि अध्यापन भएर समेत आफ्नो अनुभब संगालिसक्नुभएको छ ।

कार्यक्रमलाई सफल बनाउन आयोजकको बिशेष भुमिकामा संस्थाका पुर्व अध्यक्ष डिल्ली बाँस्कोटा, रमेश फुंयाल र लायन्स क्लब काठमाडौंका सचिब कृष्ण दंगाल कोषाध्यक्ष सुर्य बिसी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्