डिआइजी सिलवाललाई एमालेले ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने

0
Shares

नेपाल समाचापत्र,काठमाडौं ।
केहि दिन अगाडी मात्रै एमाले प्रवेश गरेका डिआइजी नवराज सिलवाल नेकपा एमालेको प्रदेश सभाको लागि सिफारिसमा पर्ने भएका छन्।

आगामी मंसिरमा हुने चुनावको लागि एमालेले डिआइजी सिलवाललाई ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने तयारी भैरहेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जनाएका छन्।

सिलवाल गत शुक्रवार मात्र औपचारिकरुपमा एमाले प्रवेश गरेका हुन्। नेपाल प्रहरीका डिआइजी सिलवालले केही साता अघि राजिनामा दिएपनि स्वीकृत भने भएको छैन।