प्रेम, युद्ध र राजनीति ?


 

प्रेम युद्ध र राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने पुरानो भनाइ धरहराले सुन्दै आएको थियो। यो हो पनि तर अहिले नेपालका कम्युनिष्टबीच पछिल्लो पटक भएको नयाँ अध्यायले प्रेम, युद्ध र राजनीतिमा जे पनि हुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ।

हिजोसम्म गाँड चिथोरा चिथोर गर्ने ३ कम्युनिष्ट घटकले एकआपसमा मिल्ने भनेर एउटै मञ्चमा बसेर घोषणा गरेपछि धरहरा पनि खै के खै के भन्ने अवस्थामा पुगेको छ भन्या। हैन हिजो एकले अर्कालाई कहिल्यै राम्रो शब्द प्रयोग गर्न नजान्नेबीचको एकता कस्तो हुने होला धरहरालाईचाहिं कौतूहलता जागेको छ।

कहिले एक नदी दुई किनारा कहिले माया पिरतीका कुरा धरहराले केही बुझेको भए मरी जाउँ। यो एकताका बारेमा धरहराले त केही बुझेन पाठक बृन्दले केही बुझको भए जानकारी पाउँ है ?