बसपार्ककै नाममा करोडौ खर्च, दुई वटा बसपार्कको बेजोग

0
Shares

हिक्मत नेपाली, दैलेख । दैलेख जिल्ला सदरमुकाम वरिपरी एक नभई दुई-दई वटा बसपार्क छन् । नारायण नगरपालिका वडा नं. १ भगवति टोल नजिकै रहेको पुरानो बसपार्क र नारायण नगर भित्रकै काँडाचौर बसपार्क । यि दुई वटै बसपार्क अहिले प्रयोग विहिन भएका छन् । पटक पटक गरि बसपार्क मर्मत र व्यवस्थापनका लागि करोडौ रकम खर्च गरिएको भएपनि बसपार्कको अवस्था नाजुक बन्दै गएपछि दुई वटै बसपार्क प्रयोग विहिन भएका हुन् । बर्षात को समयमा बसपार्क वरिपरिबाट आवत जावत गर्ने यात्रुहरुलाई समेत मुस्किल पर्ने गरेको छ ।

बसपार्क निर्माणका लागि विनियोजित बजेट अन्य स्थानको सडक पिसिसि तथा सदरमुकाम भित्रका बस्तीहरुमा नाला निर्माण गरिनुले बसपार्कका नाममा विनियोजित करोडौ बजेट सहि सदुपयोग हुन सकेको छैन् ।

दैलेख सदरमुकामको दुई वटा बसपार्क मर्मत तथा व्यवस्थापनका लागि अहिले सम्म १ करोड ११ लाख ५० हजार खर्च भइसकेको छ । काँडाचौर बसपार्क निर्माणका लागि अहिले सम्म ८० लाख रकम खर्च भइसकेको नारायण नगरपालिका दैलेखका इन्जिनियर हिक्मत रोकायले जानकारी दिएका छन् । दैलेख सदरमुकामको छेउमै रहेका पुरानो बसपार्क निर्माण तथा व्यवस्थापनका लागि हाल सम्म नारायण नगरपालिकाले ३१ लाख ५० हजार रकम खर्च भइसकेको रोकायले जानकारी दिएका छन् ।

काँडाचौर बसपार्क मर्मत तथा व्यवस्थापनका लागि नारायण नगरपालिका दैलेखको जगेडा कोषबाट ५० लाख, पुनः नारायण नगरपालिका मार्फत विनियोजन गरिएको ३० लाख रकम बाट बसपार्कको व्यवस्थापन मात्र नभई बजार क्षेत्रको सडकमा पिसिसि र गणेश चौकको नमूना बस्तीमा नाली निर्माण गरिएको यियो ।

यस्तै भगवति टोल नजिकै रहेको पुरानो बजारको मर्मत तथा व्यवस्थापनका लागि ३० लाख र काउन्टर निर्माणका लागि १ लाख ५० हजार खर्च गरिएको छ । पुरानो बजारमा रहेको पुरानो बसपार्कको संचालन गर्नका लागि विनियोजित रकमबाट पुरानो बजारको भगवति टोलको विच सडकमा पिसिसि समेत गरिएको थियो ।

नारायण नगरपालिका दैलेखले जिल्ला सदरमुकाम दैलेख बजार भित्र रहेका दुई वटा बसपार्क संचालनका लागि पटक पटक गरि करोडौ रकम विनियोजन गरेको भएपनि रकमको सहि सदुपयोग नँहुदा यस्तो दुई वर्ट बसपार्क संचालनमा आउन सकेका छैनन् ।

नारायण नगरपालिका दैलेखले बसपार्क व्यवस्थापन तथा संचालनका लागि करोडौ रकम खर्च गरेको भएपनि बसपार्क व्यवस्थीत हुन नसक्दा अहिले सवारी साधनहरु बजार क्षेत्र वरिपरी जथाभावी पार्कींग गर्ने गरिएको छ । दुई वटै बसपार्क हिलाम्य छ, एक सवारी चालकले भने बसपार्क मात्र नभई अन्य सडकहरुपनि हिलाम्य भएकोले पसल अगाडी तथा बजार क्षेत्र भित्रको खाली ठाउँमा सवारी साधन रोक्न बाध्य छौ ।