गौशाला, ६ असोज । महोत्तरी रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।
अशोक मण्डलले दुई हजार ९४४ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम यादवले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दिनानाथ अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सीतादेवी साहले दुई हजार ८९१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुष्पादेवी महतोले दुई हजार ८५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया