हाडजोर्नी शिविरमा ६० जनाको अप्रेसन

0
Shares

 

अर्जुन बोहरा सिमकोट, हुम्ला
हुम्लाको सदरमुकाम सिमकोटमा निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल अर्थोपेडिक अस्पाताल जोरपोटी काठमाडौं, रोटरी क्लब, स्विजरल्यान्डको आर्थिक सहयोगमा र हुम्ला उद्योग वाणिज्य संघ, जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा, उक्त शिविर सञ्चालन भएको हो। हिमाली जिल्ला हुम्लामा हाडजोर्नीसम्बन्धी शिविर सञ्चालन भएको पहिलोपटक भएकाले हुम्लामा हाडजोर्नीका समस्या भएका बिरामीको संख्या धेरै भएकाले, यो शिविर उपयुक्त भएको समेत हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताउनुभयो।

नेपाल अर्थोपेडिक अस्पाताल जोरपोटी काठमाडौंका विशेषज्ञ हाडर्जोनी डा. कैलाश भण्डारीको संयोजकत्वामा हुम्लाामा आएको टोलीले अहिलेसम्म ७४ जनाको निःशुल्क शल्यक्रिया गरेको समेत उपचारमा संलग्न डा. मंगल रावलले जानकारी दिनुभयो। ग्रामीण भेगमा रहेका विभिन्न बालकदेखि अशक्त जेष्ठ नागरिकसम्मका अपांगता भएकालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाल अर्थोपेडिक अस्पाताल जोरपोटी काठमाडौंका प्रशासन प्रमुख श्याम रूपाखेतीले बताउनुभयो। सो शिविरमा १ हजार ६२ जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिनुका साथै ५ लाख बराबरीको औषधिसमेत निःशुल्क वितरण गरिएको बताउनुभयो।

असोज २ गतेबाट सञ्चालन भएको शिविरमा अहिलेसम्म हुम्लाका विभिन्न गाउँबाट आएका घुँडाका समस्या भएका बिरामी, आगोले पोलिएर जोडिएका औंला, हात, खुटा भाँचिएर बांगोटिंगो भएका बिरामीको समेत सोझ्याउने र तत्कालै हातखुट्टा भाँचिएका बिरामीको समेत निःशुल्क अप्रेसन गरेको समेत रूपाखेतीले बताए। हुम्लामै नै अत्याधुनिक उपकरणद्वारा नै ४ जना विशेषज्ञ हाडर्जोनी डा. कैलाशकुमार भण्डारी, डा. क्यट्रिन हेगेन, डा मंगल रावल, र डा. मुक्ति तिमल्सिनालगायत १७ जानको टोलीले हाडजोर्नी निःशुल्क शिविर सञ्चालन गरेका छन्।

अहिलेसम्म हाडजोर्नीका बिरामी २ वर्षका बालकदेखि ८० वर्षसम्म जेष्ठ नागरिकको समेत हाडजोर्नीसम्बन्धी चेकजाँच गर्नुका साथै अप्रेसनसमेत गरेको छ। हुम्लामा नै पहिलोपटक हाडजोर्नी शिविर सञ्चालन भएपछि हाडजोर्नीसम्बन्धी उपचार आफ्नै घरमै भएकाले आर्थिक भार कम खर्च भएको सिमकोट गाउँपालिका–२ का उम्मरसिंह भण्डारीले बताउनुभयो।

असोज २ गतेबाट सञ्चालन भएको शिविर असोज ६ गते अर्थात् ५ दिनसम्म १ हजारभन्दा बढीका हाडजोर्नी बिरामीको उपचारसहित औषधि वितरण गरेको छ। जिल्लामा सञ्चालन गरेको शिविरमा ७४ जना हाडर्जोनीसम्बन्धी बिरामीको अप्रेसन गर्दा १ करोड २५ लाख खर्च जोगिएको नेपाल अर्थोपेडिक अस्पताल जोरपोटी काठमाडौंका प्रशासन प्रमुख श्याम रूपाखेतीले बताउनुभयो। हुम्लाबाट उपचार गर्नका लागि सुगममा रहेका अस्पतालमा उपचार गर्न जाँदा एक लाखजति खर्च हुने अवस्थामा अहिले खर्च जोगिएको उपचारमा संलग्न उम्मरसिंह भण्डारीले बताए। हुम्लाको सदरमुकाम सिमकोटमै हाडर्जोनी शिविर सञ्चालन गर्दा ३५ लाख लागत लागेको समेत नेपाल अर्थोपेडिक अस्पतालका प्रशासन प्रमुख रूपाखेतीले बताउनुभयो। एकातिर बिरामीलाई उपचारमा लैजान आर्थिक अभावकै कारणले एक मात्र यातायात हवाई सेवा भएकाले पनि उडान भाडामै महँगो रकम खर्च हुनाले पनि हुम्लाका अधिकांश बिरामी उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ।