सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी

0
Shares

सर्लाही । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक फोरमले जितको खाता खोलेको छ । लोकतान्त्रिक फोरमले सर्लाहीको विष्णु गाउँपालिकामा विजय प्राप्त गरेको छ । प्रमुखमा लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका छन् ।