नेपाल समाचारपत्र । गायिका कोमल ओलीले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छन् ।
बुधबार राजधानीमा आयोजित गायिका मञ्जु पौडेलको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कमल थापाको राप्रपा छाड्ने संकेत गरेकी हुन् । आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा गृहजिल्ला दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने समेत उनले घोषणा गरिन् ।
स्रोतका अनुसार उनी राप्रपा परित्याग गरी एमालेमा प्रवेश गर्दैछिन् । यसका लागि उनले एमाले नेताहरु (विशेषगरी शंकर पोखरेल, केपी ओली)सँग छलफल चलाएकी छन् ।
प्रतिक्रिया