बिउ बेचेरै २० लाख !

0
Shares

धनवीर दाहाल, रुकुम । नेपालकै प्रमुख स्थानमा मानिने तथा प्रदेश नं ६ को एकमात्र मुल बिउ उत्पादन केन्द्र रुकुमको मुसिकोट बाट बिउ बेचेर मात्र बर्षेनी १५ देखि २० लाख सम्मको आम्दानी हुने गरेको छ । करिब ६ हजार हेक्टर जमिनमा बिभिन्न जातका तरकारीहरुको नर्सरी तयार गरि केन्द्रले मुल बीउ उत्पादन गरि कृषकहरु लाई सहुलियत मुल्यमा बिक्रि गरिदै आएको छ ।

यहा बिदेश सम्म निर्यात गर्ने मुल बीउ उत्पादन हुने गर्छ । २०३५ सालमा स्थापना भएको यो केन्द्रले कुनै समय बिदेशमा राम्रो चर्चा पाएपछि छिमेकी मुलुक भारत र चिन तथा अन्य मुलुकमा पनि निर्यात हुने गरेको छ । यस केन्द्रमा बिभिन्न जातका १६ थरी तरकारी मुल बिउ उत्पादन गरि हाल नियमित रुपमा प्रदेश नं ५ र ६ का जिल्लाहरु र अन्य स्थानहरुमा बितरण गरिदै आएको छ । यहाँ उत्पादन भएको बिउ देशका बिभिन्न जिल्लामा निर्यात हुने बरिष्ठ बागवानी विकास अधिकृत डाक्टर रबिन्द्र नाथ चौवेले बताउनुभयो ।

मुला,काउली,प्याज,सलगम रायो,केराउ,झाँगे सिमी,लहरे सिमी,स्क्वास,फर्सी,टमाटर,भेडेखुर्सानी, आदी बिभिन्न तरकारी बालिहरुको मुल बीउ प्रति बर्ष ६–६.५ टन उत्पादन हुँदै आएको छ । बिगत केही बर्ष यताको अवस्था लाइ मध्यनजर गदै बीउ उत्पादन केन्द्र लाइ अझ आधुनिकिकरण गर्ने उद्देश्य रहेको र देखीएका समस्या समाधानको लागि बिभिन्न गैरसरकारी सस्था सँग पनि सहकार्य गदै अघि बढिरहेको केन्द्रले जनाएको छ ।

तरकारी बीउ उत्पादक कृषकहरुको प्राबिधिक ज्ञान र सिपमा बिकास गराई गुणस्तरयुक्त बीउ उत्पादन गर्ने,बीउ उत्पादक कृषक समुहका सदस्यहरुको सहकारीता सम्बन्धी चेतना अभिबृद्धी गराई सहकारी सँस्थाको निर्माण,बीउ बिक्री केन्द्रहरु लाइ ब्यवस्थित गर्ने आदी कार्यहरु पनि केन्द्र बाट हुदै आएको छ ।