नेपाली कांग्रेस र माओबादी केन्द्रले खाता खोले, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पत्तासाफहुने संकेत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।  रौतहटको इसनाथ नागरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका विगू साह बनियाँ विजयी भएका हुन् । त्यस्तै २ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्रले सिरहाबाट खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो । केसीले ३ सय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने कतै पनि अगाडि देखिएको छैन । सोमबार प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा निर्वाचन भएको थियो ।