नेपाल समाचारपत्र, हेटौँडा ।
दशैंमा खसी किन्न मकवानपुरको बिकट गाउँ खैराङ जाने क्रममा पश्चिम मकवानपुरको राक्सिराङ–५, चैनपुरमा खसी ब्यापारीहरु लुटिएका छन् ।
कैलाश–५ का कृष्णबहादुर कालीराज, राक्सिराङ–३ का ४० वर्षीय मोहन मुक्तान र राक्सिराङ–२ का ४० वर्षीय सिंहराम सुनारलाई कुटपिट गरी २ जनाले ४ लाख २० हजार नगद लुटेको मनहरी प्रहरीले जनाएको छ ।
उनीहरुलाई बुधबार दिउँसो करिब पौने ३ बजे जंगलमा लुटिएको थियो । कुलबहादुर हेटौंडाका सञ्चारकर्मी रुपक कालीराजका बुबा हुन् ।
बोटबारीस्थित तेन्ताखोल्सीमा कुटपिट गरी पैसा लुटिएको हो । कुटपिटबाट गम्भीर रहेकाहरुलाई चैनपुरबाट थप उपचारका लागि ल्याइएको छ ।
लुटेराहरु पक्रन स्थानीय युवा परिचालन गरिएको छ भने इलाका प्रहरी कार्यालय मनहरी पनि खटिएको छ ।
प्रतिक्रिया