प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा कोरियाको १ करोड भन्दा बढीको सहयोग

0
Shares

काठमाडौं, (नेस) । दक्षिण कोरियाको साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड रुपियाँ भन्दा बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । सो कम्पनीले १ करोड २ लाख ५७ हजार ८ सय ७१ रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

उप–प्रधान एवं परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा मार्फत सरकारलाई सो कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले बुधवार रकम हस्तान्तरण गर्नु भएको हो । मन्त्री महराले नेपालका बाढी पीडित परिवारलाई कम्पनीले सहयोग गरेकोमा प्रसंसा गर्दै सोही कम्पनीको पहलमा निर्माणाधिन माथिल्लो त्रिशुली–ए परियोजनाका बारेमा चासो व्यक्त गर्नु भएको महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।

२ सय १६ मेगावाटको सो परियोजनाको निर्माण कार्य २ वर्ष अघिको भूकम्पका कारणले केही समय अवरुद्ध रहेपनि अहिले दु्रत रुपमा अघि बढेको कम्पनीका अध्यक्ष वनले महरालाई अवगत गराउनु भएको थियो । सो परियोजनबाट उत्पादित विद्युत खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन वानले आग्रह गर्नु भएको बताइएको छ ।