दशैं आयो पैसा उठाउँला

0
Shares

 

दशैं आयो खाउँला पिउँला, यो भनाइ अहिले ट्राफिक प्रहरीसँग ठइक्क मिल्न थालेको देखेर धरहरा दंग परेको छ।

हिजो आज कलंकीका ट्राफिक प्रहरीले पैसा उठौती पुठौती गरेको देखेर दशैं आएको भान धरहरालाई भएको छ।

अहिले सानो तिनो गल्ती भए पनि लाइसेन्स माग्ने, अनि दशैं आयो थाहा छैन भन्दै चालक र सहचालकलाई थर्काएको देखेर धरहरालाई लाग्यो अब दशैं भने पक्कै आएको रहेछ। हैन दशैं ट्राफिक प्रहरीलाई मात्रै आएको त होइन होला नि⁄ अन्य सरकारी निकायका मानिसलाई पनि दशैं आउनुपर्ने हो, तर ट्राफिक प्रहरीले लाज पचाएर पैसा उठाएको देखेर धरहरा ट्राफिक प्रहरीलाई चार भञ्ज्याङ कटाउनुपर्ने पक्षमा छ।