कार्यकारी राष्ट्रपति प्रणालीमा जानु पर्छःमन्त्री श्रेष्ठ

0
Shares

काठमाडौं । गृह राज्यमन्त्री श्यामकमार श्रेष्ठले कार्यकारी राष्ट्रपतिय प्रणालीले मात्र देशको ससृद्धि हुने बताउनुभएको छ । उहाँले अहिलेसम्म कुनै पनि सरकार पाँच बर्ष सञ्चालन नहुँदा देशका राजनीतिक स्थायित्व हुन नसकेको बताउदै राजनीतिक स्थायित्व र देशको विकासको लाग पनि कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानु पर्ने बताउनुभएको हो । राजधानीमा आइतवार आयोजित एक कार्यक्रममा गृह राज्यमन्त्री श्रेष्ठले नागरिकहरुले चुनेको व्यक्तिलाई नै कार्यकारी राष्ट्रपति बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘संविधानमा नै समाजवाद उन्मुख समाज भनिएको छ, समाजवादको लक्ष्य प्राप्त गर्नको लागि पनि कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानु पर्छ ।’ कार्यकारी राष्ट्रपतिय प्रणालीबाट चुनिदा पाँच बर्षसम्म काम गर्ने वातवारण बन्छ, अहिले नौ÷नौ महिनामा सरकार परिवर्तन गर्ने परम्पराको पनि अन्त्य हुन्छ, उहाँले भन्नुभयो । गृह राज्य मन्त्री श्रेष्ठले संवैधानिक व्यवस्था अनुसार सरकार तीन वटा तहेका निर्वाचन सम्पन्न गरेर संक्रमणकालको अन्त्य गर्न लागि परेको बताउदै सरकार संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने काममा लागेको बताउनुभयो । उहाँले संविधान जारी भएपनि नयाँ ढंगले राज्यको पुनर्संरचना भएको बताउदै उहाँले परिवर्तिन अवस्थामा प्रहरी प्रशासनलाई पनि संघीय ढाँचामा लैजाने गृहकार्य गरिरहेको बताउनुभयो ।