बृद्धा्रको सहारा बन्यो मेशिन, सुयोको भरमा जिवन धान्दै

0
Shares

ललित सिहं,बझाङ्ग ।
भनिन्छ बुढेकालमा छोरा बुहारीको सहारा चाहिन्छ उमेर छदा गरेको कामाईले बुढेसकालमा बसेर खान पाईन्छ यसको ठिक उल्टो यहाँकी एक बृद्र महिला भने बुढेकालमा सुयो र मेशीनको सहारामा जिवन चलाई रहेकी छन ।

दुर्गाथली गाउँपालीका ७ की ७३ बर्षिया किटि देबी र्दजी आरामाले बस्ने समयमा पनि सुयो र मेशीनको सहारा लिएर बुढेसकालमा आत्मानिभर बन्दै जिवन चलाई रहेकी हुन ।

काम नगरे बिहान बेलुका हात मुख जोडन पाईदैन सँगैका सहेली कति जनाको मृत्यु भई सकेको छ भने कोहि थलीका छन मैले भने ७३ बसन्तपार गर्दा समेत जिवन सहारको रुपमा तोते बोलि बोल्दै बोल्ने उमेरमा माईतमा सिकेको शिपको प्रयोग गर्न सुयोमा धागो राख्दै मेशनि जोतन थालेलको किटि देबी र्दजीले बताए ।

उनले भने शिप भएको मान्छे कहि भोकै बस्नु पदैन अहिले पनि दिनमा ३ सय देखि ५ सम्म कमाई गर्ने गरेकी छु । मेरो कमाई देखेर छोरा बुहारीले पनि हेला हैन माया गर्ने थालेका छन । काम गदैमा मान्छे सानो हुदैन । बुढे कालमा काम गर्दा रगत संचालन भए र निरोगी पो भईन्छ ।

आँखा निकै तेजिला छन उमेर छदै झै सुयो मा धागो जोडन सक्छु बाल्यकालमा सिकेको शिप र बिहान धुएको मुख कहिले खेर जादैन भने उतmीलाई आत्मासाथ गदै किटि र्दजीले पाँच बर्षिया नातिनिलाई कपडा सिकाउन थालेकी छन पढलेखेको भए अक्षर चिनाउने थिए पढेलेखेको छैन आफु सँग भएको सिप नातिनिलाई सिकाउने गरेको उनको भनाई छ ।

छोरोले कपडा काटि दिन्छ मैले सिलाउने गरेकी छु कहि कतै टाँक लगाउनु परे नातिको सहारा चाहिने हुन्छ ।

सात जनाको परिवार छ जग्गा जमीन बाट उब्जेको अन्नले एक महिना खान पुग्दैन सिलाई कटाई बाट आएको पैसाले परिवारको र्खच चलेको उनका छोरा ४२ बर्षिया तुलाराम र्दजीले बताए ।

उनले भने घर अरुको हो महिनामा एक हजार भाडा तिर्ने गरेका छु । आमाको मिहेनेत देखेर सबै जना अचम्म लाग्ने गरेको छ ।

कसैलाई बरदान हुन्छ कसैलाई सराप मैल लौरोको सहारा लिन थालेको १३ बर्ष भयो कमाई नहुने भए पछि घरमा सधै कलह हुन्छ तर किटि र्दजीले भने उमेर छिपिदा समेत आफनौ मिहेनेतले जिवन चलाई रहेको देख्दा खुशी लागेको स्थानिय ७१ बर्षिया चक्र दौल्याले बताए ।

उनले भने शिप भएको मान्छे उमेर छिपिदा समेत समान पाउदो रहेछ ।