साझा बस कुर्दै हुनुहुन्छ ? कहाँ आइपुग्यो भन्ने मोबाइलबाटै थाहा पाउनुस्


नेपाल समाचारपत्र, काठमाडौ ।

साझा यातायातले एक अचम्म लाग्ने खालको आफ्नो मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यस्तो एप सार्वजनीक भएसँगै अब साझा बस कुरेर हैरान पर्ने यात्रुहरुले आफ्नो रुटको साझा बस कहाँ आइपुग्यो भनेर एपबाटै थाहा पाउन सक्नेछन् ।

‘मेरो साझा’ नामको एन्ड्रोइड एपबाट अब साझाका कुन बस कहाँ आइपुगेका छन् भन्ने थाहा पाउन सकिने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

एपस्टोरमा ‘मेरो साझा’ नाममा सर्च गरेर एप डाउनलोड गर्न सकिन्छ । इन्टरनेट अन गरेर काठमाडौंमा चलेका ४४ वटै साझा बस सो समयमा कहाँ छन् भनेर एपले नै देखाउने छ ।

साझाले लगनखेल–बुढानिलकण्ठ, स्वयम्भु–सूर्यविनायक –साँगा, लगनखेल–नयाँबसपार्क र नयाँबसपार्क–एयरपोर्ट रुटमा साझा यातायात सञचालन भैरहेको छ ।