मूडा बोक्ने क्रममा लडेर बालकको मृत्यु

0
Shares

चिरञ्जीवी मास्के,दोलखा ।

दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ८ क्षेत्रपामा एक बालकको मुडा बोक्ने क्रममा खुट्टा चिप्लिएर लड्दा एक बालकको मृत्यु भएको छ ।

दोलखा जिरी नगरपालिका वडा नम्बर ६ का १७ वषर््िाय बालक निङमा शेर्पाको मुडा बोक्ने क्रममा चिप्लिएर लड्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक प्रधानका अनुसार सल्लाको मुडा बोक्ने क्रममा खुट्टा चिप्लिएर लड्दा घाईते भएका शेर्पाको उपचारका लागि मैनापोखरी लैजाने क्रममा ज्यान गएको प्रहरी प्रधानले बताउनुभयो ।