‘धुर्मुस सुन्तली फाउन्डेसन’ द्धारा बाढीपीडित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण



लक्ष्मी कुमार साह,महोत्तरी ।
‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले महोत्तरीमा बाढीबाट प्रभावित तीन सरकारी विद्यालयहरुका वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका स्थित दुई सरकारी विद्यालय श्री राष्ट्रिय जनता आधारभूत विद्यालयका दुई सय २१ र रामजानकी दलित विद्यालयमा १ सय ४१ वलवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् भने जलेश्वर नगरपालिका ३ स्थित श्री राष्ट्रिय आधारभुत विद्यालयका ३ सय ८२ वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
गत साउन २८ गते आएको भिषण बाढीका कारण शैक्षिक सामग्री, विद्यालयका पोशाक समेत बगाई उनिहरुको पठनपाठनमा समस्या आएकोले शैक्षिक सामग्री वितरण गरिएको हो ।

बितरण गरिएको शैक्षिक सामाग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन सिसा कलम, १ दर्जन पेन, टिफिन बक्सा, ज्योमेट्रि बक्स, पानि पिउने बोतल सहितको प्याकेज समावेश गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका मैनेजर अर्जुन न्यौपानेले बताउदै उनले बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरुलाई शिक्षा दिन, रेखदेखका साथै सुरक्षित राख्नुपर्ने हुनाले बिद्यालयमा शैक्षिक बातावरण तयार होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गरेको जानकारी गराए ।

सो शैक्षिक सामग्री वितरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल, प्रदेश नं.२ का होटल तथा पर्यटन व्यवसायी संघका प्रदेश नं. २ का अध्यक्ष हिरा गौतम, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललगायत विभिन्न मिडियामा कार्यरत्त सञ्चारकर्मीहरुकोे उपस्थिति रहेको थियो ।

यस अघि जलेश्वर नगरपालिका ८ स्थित बजराहीका राष्ट्रिय आधारभूत विद्यालयका १ सय २३ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ भने मनरासिस्वा नगरपालिका बथनाहास्थित राष्ट्रिय प्राथमिक विद्यालय मुसहर टोलका एक सय पाँच बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

यस्तै गत साउन २८ गते आएको अविरल बाढीका कारण महोत्तरी पूर्ण रुपले बाढीबाट प्रभावित भएपछि सामुदायिक विकास परियोजना महोत्तरीद्धारा जिल्ला दैवी प्रकोप उद्धार समिति महोत्तरीको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा रेडक्रससंगको सहकार्यमा जिल्लाका ९ सय ५० घरपरिवारका बाढीपीडितहरुलाई एक एक थान म्याटे«स, बाल्टिन तथा मग प्रदान गरिएको सामुदाविक विकास परियोजनाका जिल्ला संयोजक विशाल तिमल्सेनाले बताउँदै उनले जिल्लाका एकडारा गाउपालिका, मनरा सिस्वा नगरपालिका, जलेश्वर नगरपालिका तथा मटिहानी नगरपालिकाका बाढी पीडितहरुलाई राहत सहयोग गरेको जनकारी गराए ।

यता बाढी पीडितहरुलाई अहिलेपनि राहत वितरण भईरहेको दैवी प्रकोप उद्धार समिति महोत्तरीले जनाएको छ भने नेपाल सरकारको तर्फबाट पनि बाढीपीडितहरुलाई राहत वितरण कार्यलाई निरन्तरता दिइरहको छ ।

प्रतिक्रिया दिनुहोस्