पर्साका सबै स्थानीय तहमा एमालेका उम्मेदवार घोषणा

0
Shares

कृष्णउदा खनाल,वीरगन्ज ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पर्साले बीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै स्थानीय तहका उम्मेदवारको नाम आइतवार घोषणा गरेको छ ।

शनिवार पार्टीको स्थायी कमिटीको बैठकले बीरगन्ज महानगर पालिकाको मेयरमा बसुरुदिन अन्सारी र उपमेयरमा सोफिया आचार्यको निर्णय गरे लगत्तै जिल्लाका ३ नगर र १० गाउँपालिकाका उम्मेदवार पनि तय गरिएको जिल्ला अध्यक्ष प्रभु हजराले बताए ।

एमालेले पोखरिया नगरपालिकाको मेयरमा बृजेश चौहान र उपमेयरमा मीनादेबी , बहुदरमाई नगरपालिकाको मेयरमा प्रमोदप्रसाद कुशबाहा र उपमेयरमा सरस्वती देबी साह, पर्सागढी नगरपालिकाको मेयरमा हृदय नारायण साह र उपमेयरमा सरस्वती भट्टराई उम्मेदवार तोकेको छ ।

यसरी नै गाउँपालिकाहरुको अध्यक्षहरुमा ठोरीमा लालबहादुर श्रेष्ठ , जिराभबानीमा रामप्रीत महतो थारु, धोबनीमा इस्लाम मिया तेली, छिपहरमाइमा रन्जित गुप्ताको नाम टुंगो लागेको छ ।

जगरनाथपुरमा बसुदेब राम, पटेर्बा सुगौलीमा हरि नारायण चौधरी, सखुबा प्रसौनीमा निरराज गिरी,पकाहा मैनपुरमा मदन पासवान, कालिकामा कृष्ण मोहन तिबारी र बिन्दबासनीमा गौरीशंकर साह उम्मेदवार घोषणा गरिएको नेकपा एमाले पर्साका प्रचार प्रमुख डा.बिश्वम्बर शर्माले जानकारी दिए ।

यसरी नै वीरगन्जको सबै वडाहरुमा पनि उम्मेदवारहरुको नाउ टुंगाइएको पनि शर्माले जानकारी दिएका छन् ।