विवादित नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
प्रधानमन्त्री लगायत उच्च सरकारी तहबाट दबाब आएपछि अन्ततः त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद् काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने संविधान कार्यान्वयनका लागि प्रदेश सभा र केन्द्रको चुनाव आवश्यक ,मन्त्री बस्नेत पूर्व निर्णयबाट पछि हटेको छ ।

परिषद्को शनिबार बसेको आकस्मिक बैठकले उक्त कलेजको सम्बन्धनबारे छानबिन गर्न गठन गरेको समितिले प्रतिवेदन पेस नगरेसम्मका लागि निर्णय स्थगित गर्ने निर्णय गरेको हो ।

डा. गोविन्द केसीले सम्बन्धन फिर्ताका लागि १० दिनको अल्टिमेटम दिएपछि सरकारले सम्बन्धन खारेज गर्न परिषद्लाई दबाब दिँदै आएको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले सम्बन्धनबारे धेरैखाले टीकाटिप्पणी आएपछि त्यसबारे अनुसन्धान गर्नुपर्ने देखिएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको बताए ।

‘कलेजले सञ्चालन गरेको अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको पाइयो । अन्य तथ्य पत्ता लगाउन एक समिति गठन गरिएको छ । त्यसले एक साताभित्र प्रतिवेदन बुझाउनेछ । त्यतिबेला सम्मका लागि हाम्रो सम्बन्धन दिने निर्णय स्थगित गरेका छौं’, उनले भने ।

सरकारले केही दिनअघि कलेजले पाएको सम्बन्धन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० बमोजिम भए/नभएको बारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने गरी एक समिति गठन गरेको थियो ।