संविधान कार्यान्वयनका लागि प्रदेश सभा र केन्द्रको चुनाव आवश्यक : मन्त्री बस्नेत

0
Shares

नगरकोट, १८ भदौ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले संविधान कार्यान्वनका लागि प्रदेश सभा र केन्द्रको चुनाव आवश्यक भएको बताउनुभएको छ ।

राधेश्याम जोन्छे प्रतिष्ठानको पाँचौँ वार्षिक साधारणसभाको आज भक्तपुरमा उद्घाटन गर्दै मन्त्री बस्नेतले अब हुने दुवै चुनाव सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

प्रदेश तथा केन्द्रको चुनावमा नेपाली काँगे्रसको जित सुनिश्चित पार्नका लागि विगतका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्न कार्यकर्तालाई मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

सो कार्यक्रममा मन्त्री बस्नेतले राधेश्याम जोन्छेलाई शहीद घोषणा गर्नका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा सभासद् मनमोहन भट्टराईले प्रजातन्त्रको पहरेदार काँग्रेसमात्रै भएकाले काँग्रेस कार्यकर्ताले विगतका घातअन्तर्घातका विषय छाडेर एकढिक्का भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राधेश्याम जोन्छे प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले राधेश्याम जोन्छेको योगदानको चर्चा गर्नुभएको थियो । रासस