मोरङमा जिप दुर्घटना: दुईजनाको मृत्यु, एकको अवस्था गम्भीर

0
Shares

मोरङ (नेस) ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो। दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया रेणु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

स्कारपिओ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । प्रहरी निरीक्षक कटुवालका अनुसार स्कारपिओका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन् । दुर्घटनामा चालक पनि घाइते भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। रासस