पुष्पसदन विजेता


 

काठमाडौं, (नेस)
पाँचौं जेभियर कप यु–१९ बास्केटबल प्रतियोगितामा पुष्पसदन र साइपालले उपाधि जितेका छन्। शुक्रबार भएको पुरुषतर्फको फाइनल खेलमा पुष्पसदनले सीसीआरसीमाथि ६१–४६ को जित निकाल्यो।

टोलीको जितमा महत्त्वपूर्ण भूमिका निभाएका शशि पराजुलीले सर्वाधिक १५ स्कोर गरे। कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजको कोर्टमा सञ्चालन हुने यु–१९ महिलातर्फको फाइनल खेलमा साइपालले आयोजक जेभियर कलेजमाथि ३२–२९ को रोमाञ्चक जित निकाल्यो। टोलीको जितमा रोशनी श्रेष्ठले सर्वाधिक १४ स्कोर गरिन्।