नवजात शिशु मृत फेला, दुई जना नियन्त्रणमा

0
Shares

पर्वत (नेस) । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा शुक्रवार विहान एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने बाबुराम कंँडेलको घरको पछाडी पट्टी रहेको झाडीमा पुरुष जातीको नवजात शिशुको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
स्थानियले दिएको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरीको टोलिले उक्त शब नियन्त्रणमा लिएको र कसले जन्माएर फालेको हो भन्ने बारे कुनै जानकारी नखुलेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । उक्त शिशु रातीनै जन्माएर जंगलमा फालेको जस्तो देखिने उनले बताए ।
उक्त शिशुको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । घटनाको सम्वन्धमा बिस्तृत अनुसन्धान कार्य भईरहेको समेत प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए । थप अनुसन्धनाको लागी कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा वि.क. कुश्मा नगरपालिका – १ बस्ने अन्दाजी वर्ष १७र१८ की अम्विका कँंडेललाई प्रहरीले नियन्त्रणमा लिईएको छ जनाएको छ । उनिहरुले भने अहिलेसम्म आफ्ना शिशु नभएको बताएका छन् ।