‘धुर्मुस सुन्तली फाउन्डेसन’ द्वारा शैक्षिक सामग्री वितरण

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले महोत्तरीका दुई सरकारी विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ७ स्थित बजराहीका राष्ट्रिय आधारभूत विद्यालयका १ सय २३ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ भने मनरासिस्वा नगरपालिका बथनाहास्थित राष्ट्रिय प्राथमिक विद्यालय मुसहर टोलका एक सय पाँच बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा विद्यार्थीहरुलाई शैक्षिक वातावरण निर्माणका लागि सिताराम कट्टेल ‘धुर्मुस’ संयोजक रहेको धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले महोत्तरीका २ वटा वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुका लागि शैक्षिक सामग्री बितरण गरिएको हो ।

बितरण गरिएको शैक्षिक सामाग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन सिसा कलम, १ दर्जन पेन, टिफिन बक्सा, ज्योमेट्रि बक्स, पानि पिउने बोतल सहितको प्याकेज समावेश गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका मैनेजर अर्जुन न्यौपानेले बताउदै उनले बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरुलाई शिक्षा दिन, रेखदेखका साथै सुरक्षित राख्नुपर्ने हुनाले बिद्यालयमा शैक्षिक बातावरण तयार होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गरेको जानकारी गराए ।
गत साउन २८ गते आएको भिषण बाढीका कारण शैक्षिक सामग्री, विद्यालयका पोशाक समेत बगाई उनिहरुको पठनपाठनमा समस्या आएकोले शैक्षिक सामग्री वितरण गरिएको हो । सो शैक्षिक सामग्री वितरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल, प्रदेश नं.२ का होटल तथा पर्यटन व्यवसायी संघका प्रदेश नं. २ का अध्यक्ष हिरा गौतम, जिल्ला अध्यक्ष दिपेन्द्र पराजुली, सञ्चारकर्मीहरुलगाायतको उपस्थिति रहेको थियो ।