अर्को वर्ष आउने निम्तो दिदै डोटीमा गौरा बिदाई

0
Shares

बिमल बिष्ट, डोटी । शुदूरपश्चिमेली हरुको संस्कृतीको धरोहरका रmपमा रहेको प्रशिद्ध पर्ब तथा गौरा देबी लाई डोटीमा बिधिबत रुपमा बिदाई गरिएको छ । हिजो अर्थात बिहिबार रातभरी नाटक,तुलछाका खेल तथा अन्य मनोरन्जनात्कम खेल डेउडा खेली डोटेली बासीले आज शुक्रबार गौरादेबीको बिदाई गरेका हुन् ।

सुदूरपश्चिमेलीले गत बिहिबार अर्थात भदौ ९ गते बिधिबत रुपमा गौरा भित्रयाई गौरा सम्बन्धि बिभिन्न खेल खेलेर रमाईलो गरीरहेका थिए । सुदूरपश्चिमका अन्य जिल्लामा बुधबार गौरादेबीको बिर्सजन गरिएपनि डोटीको जोरायल,भुमीराजमाण्डौ तथा गड्सेरा क्षेत्रमा भने स्थानियले गौरादेबीको तिन दिनका लागी साईत सारी शुक्रबार बिधिबत बिदाई गरेको जोरायल सरस्वतीनगरकी स्थानिय शिक्षिका कुन्ति भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘परदेशमा रहेका दाजुभाई घर आएकाले उहाँहरुको आग्रहमा तिन दिनका लागि गौरा देबीको साईत सारेका थियौ अब अर्को बर्षमा आउने निम्तो दिदै आज बिदाई ग¥यौ ।’

यतिमात्र नभई सो क्षेत्रमा आज आईतबार गौरादेबीको बिदाई गर्ने दिन गौरादेबीमा चढाएका फलफुलहरm फाल्ने चलन अर्थात अठमल्लि उरेल्ने नियम भएकाले उरेलिएका अठमल्लि (फलफुल) ज–जस्को हातमा परे यो बर्ष उस्लाई निकै फाईदा हुने र सन्तान नभएका हरुको हातमा परे सन्तान प्राप्तिहुने तथा सोचेको कुरा पुग्ने जन बिस्वास रहेका कारण उरेलिएका अठमल्लि छोप्ने हररुको निकै घुईचो र तछाड मछाड भएको जोरायलका अर्का स्थानिय दिपक मल्लले बताउनु भयो । उहाँका अनुसार उरेलिएका अठमल्लि छोप्नेमा सबै भन्दा बढी बेरोजगार युवा तथा अबिबाहित महिला हरुको घुईचो लागेको थियो ।

कामकालागि छिमेकि मुलुक भारत तथा अन्यक्षेत्रमा गएका यहाँका युवा तथा बृद्व हरु अहिले गौरापर्ब मनाउन घर फर्किएका थिए । उनिहरु गाउ फर्केका कारण गाउको ब्यपार तथा चहल पहल निकै बढेको थियो ।

गौरा भित्रयाएको दिन देखि तिन वा त्यो भन्दा बढी नौ दिनसम्म यहाँका महिला तथा पुरुषहरmले गौरा सम्बन्धि खेल खेलेर रमाईलो गर्ने गर्दछन् ।