बालविवाह गरी फरार युवक चार बर्ष पछि पक्राउ

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
बिभिन्न प्रलोभनमा पारी स्कुले विद्यार्थीसंग वाल विवाह गर्ने दोलखा साविक फस्कु गाविसका एक युवक र सहयोगी चार बर्ष पछि पक्राउ परेका छन् ।

२०७० साल फागुन ४ गते स्कुल गएको मौका पारी बिभिन्न प्रलोभन देखाएर बालिकासंग विवाह गरी फरार रहेका २३ बर्षिय बिष्णु भेजेल र सहयोगी निर्मला भुजेललाई चार बर्ष पछि पक्राउ गरेको छ ।

साथै पक्राउ पश्चात आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश प्रधानले जानकारी दिए ।