आयोगको प्रवक्तामा ढकाल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अवकाश पाएका छन् । शर्मा उमेर हदका कारण बुधबारबाट अवकाश पाएका हुन् ।

शर्माले पछिल्लो समय स्थानीय तह निर्वाचनका बेला शर्माले निर्वाचन आयोगको प्रवक्ताको हैसियतमा काम गर्ने मौका पाएका थिए ।

शर्माको अवकाशसँगै बुधबारदेखि नै आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नवराज ढकालले पाएका छन् । ढकालले तेस्रो चरणमा हुन लागेको स्थानीय तहको २ नम्बर प्रदेशको निर्वाचनका बेला प्रवक्ताको भूमिका निर्वाह गर्न पाउने भएका छन् ।