नेपालले बंगलादेशलाई हरायो


 

काठमाडौँ, १४ भदौ । नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले ३–२ सेटले पराजित गरेको हो । यसअघि हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ सेटमा पराजित गरेको थियो ।
पहिलो सेटमा १९–२५ पराजय भोगेको नेपालले दोस्रो सेट २५–२२ को आफ्नो पक्षमा पा¥यो । त्यसपछिको तेस्रो सेट भने नेपाल बंगलादेशसँग २०–२५ ले पराजित भएपनि चौथो र पाँचौ सेट आफनो पक्षमा पा¥यो । नेपालले बंगलादेशलाई चौथो सेट २५–२२ र अन्तिम सेट १५–८ ले हराउँदै नेपालको जित पक्का भयो ।
सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । रासस