हत्या आरोपी तीन जना पक्राउ

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

दोलखा÷चार बर्ष अघि आफ्नै सहकर्मीको हत्या गरी नगद समेत लुटेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी आज (बुधवार) सार्वजनिक गरेको छ ।

दोलखा विगु गाविस वडा नम्बर ७ का फुङिमा शेर्पाको हत्या गरी उनीसंग भएको नगद २ लाख ६३ हजार लुटेको आरोप लागेका दोलखा आलम्पु गाविस वडा नम्बर ८ का तीर्थ थामी, पुष्कर थामी र सन्ते थामीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

२०७० साल आसोज १२ गते मृतक शेर्पाले आफ्नो चौरी गोठमा रहेको ९८ धार्नि चौरीको घिउ तीर्थ थामी, पुष्कर थामी, मञ्जित थामी र सन्ते थामीलाई बोकाएर खासा तर्फ लगेको र सो घिउ बेचेर फर्कने क्रममा भरीया बनेर गएका उनीहरुले शेर्पाको हत्या गरी उनको साथमा रहेको नगद २ लाख ६३ हजार समेत लुटेर फरार भएको प्रहरीको आरोप छ ।

आरोपि मध्यका मञ्जित थामी अझै फरार रहेको प्रहरीले जनाएको छ ।