नेपाललाई हेर्ने भारतको दृष्टिकोण सिक्किमलाई झै : बिजुक्छें

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाललाई हेर्ने भारतको दृष्टिकोण सिक्किमलाई झैं भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले नेपालमा भइरहेको भारतीय शासक र भारतीय राजदूतावासको दबाब देशको लागि चिन्ताको विषय भएको बताउनुभयो।

उहाँले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाउनु भयो ।

नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै बिदेशीहरुले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलहका तिनै एक तिहाई नेताहरु बिदेशी एजेन्टहरुको भूमिकामा रहनु प्रमुख कारण रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिब्यक्ति संसदको मर्यादा बिपरित रहेको र के बोल्ने भन्ने बारे जानकारी समेत प्रमलाई नरहेको बताउनु भयो । देउवाले पहिले नै गरेको प्रतिवद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिब्यक्ति दिएको हुन सक्ने उहाँले बताउनु भयो ।

संसदले नेपाल र भारतको सिमामा बनाएका बिभिन्न बाँधहरु भत्काउने निर्णय गरे पनि सरकार चुप लागेर बस्नु नै तराईलाई बाढीको चपेटामा पार्ने काम भएको भन्दै उहाँले हाल बाढी पिडितलाई राहत बितरणमा समेत सरकाले पक्षपात गरेको बताउनु भयो ।

निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको समयमै निर्वाचन सम्पन्न हुने भन्दै निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबावमा पारी मिति परिवर्तन लगायत अन्यका काम गर्नु देशको हितानुकुल नहुने उहाँले बताउनु भयो ।

सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने नारा दिएर जनतालाई सरकार र प्रतिपक्षमा रहेका दलका साथै अन्य दलका नेताहरुले भ्रमको खेती गरेको भन्दै उक्त अधिकार सम्बन्धि बिधेयक र कानुनहरु थन्किनु यसको ज्वलन्त उदाहरण रहेको उहाँले बताउनुभयो ।

नेपालका प्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्रीलाई कहाँ के बोल्ने बारे थाहा सम्म नभएको उहाँले बताउनुभयो ।