गोरखा संग्राहलयमा ग्यालरी थपियो

0
Shares

सन्तोष अधिकारी,गोरखा ।
पर्यटकिय एवं ऐतिहासिक महत्व बोकेको गोरखा संग्राहलयमा गोरखाका चिनारीहरु थप गरिएको छ ।

बुधबार एक कार्यक्रम गरी देशका विभिन्न जिल्लाका तस्बिरहरु प्रदर्शनी सँगै गोरखा संग्राहलयमा ग्यालरीहरु थप गरिएको गोरखा संग्राहलय प्रमुख करुणा राईले जानकारी दिईन् ।

पुरातात्व विभागका महानिर्देशक भेषनारायण दाहालको उपस्थितीमा संग्राहलयमा गोरखाको नयाँ चिनारीहरु थप गरिएको हो ।

पर्यटन बोर्ड र पुरातात्व विभागबाट २६ लाख रुपैँयाको लागतमा संग्राहलयमा तीनवटा ग्यालरी थप गरिएको हो । यो थप भएसँगै १३ वटा ग्यालरी पुगेको छ । पर्यटकहरुलाई गोरखा भूलाउन र गोरखाको बारेमा जानकारी दिन यसरी नयाँ बस्तुहरु थपेको राई बताउँछिन् ।

गोरखा संग्राहलय घुम्न आउनेहरुले आधा घण्टाको डकुमेन्ट्री समेत हेर्न पाउँछन् । गोरखा संग्राहलय घुम्न आउँदा विद्यार्थीले १० रुपैँया, सर्वसाधारणले २५, सार्क मुलुकका पर्यटकहरुलाई ५० र अन्य मुलुकका नागरिकहरुले १०० रुपैँया तिर्नुपर्ने हुन्छ ।

राजा विक्रम शाहको पालामा १८९६ सालमा निर्माण भएको गोरखा संग्राहलय २०६५ जेठ १९ बाट गोरखा संग्राहलय सर्वसाधारणको लागि खुल्ला भएकोे हो ।