नगरपालिका घोषण भएको दुई वर्ष बितिसक्दा पनि सडकको अवस्था अझै विजोग



दुर्गाप्रसाद शर्मा,पर्वत ।

सडक, शिक्षा, स्वास्थ्य, स्वस्थ खानेपानीको सुविधा भएका शहर उन्मुख बजारलाई सरकारले नगरपालिका घोषणा गर्छ । तर नगरपालिका घोषणणा भएको दुई वर्ष बितिसक्दा पनि पर्वतको कुश्मा नगरपालिकाको सबै वडामा अहिले पनि बाह्रै महिना सवारी सञ्चालन हुन सकेका छैनन् ।

२०७० चैतमा घोषणा भएको जिल्लाकै एक मात्र कुश्मा नगरपालिकाका १८ वडा मध्ये ५ वटा वडामा मात्रै बाह्रै महिना यातयातका साधन चल्दै आएका छन । नगरका सबै वडामा सडक पुगेको भए पनि सदरमुकाम कुश्मा र राजमार्गले छोएको चुवामा बाहेक अन्यत्र कालोपत्रे गरेको सडक छैन ।

नगरपालिका बनाउँदा जिल्लाका १० वटा गाउँ बिकास समितिलाई गाभिएको थियो । नगरपालिकामा गाभिएका अधिकाँश स्थानमा सडक पुगेपनि धेरै सडक बर्षमा ६ महिना पनि सञ्चालनमा आउन कठिन हुने गरेको छ ।

सडक सञ्चालन भएको दुई दशक पुग्न लागे पनि नगरपालिका ९ मा पर्ने कटुवाचौपारी, १० मा पर्ने पिपलटारी, १ र २ मा पर्ने पाङ्ग, खुर्कोट, १२ मा पर्ने ठुलीपोखरी, १३ मा पर्ने आर्थर, १४ मा पर्ने आर्थर डाँडाखर्कमा केही समय यता सवारी गुडाउन समस्या हु“दै आइरहेको छ ।

आवश्यकता अनुसार सवारीबाट फाइदा लिन नसकेपछि स्थानीयहरुलाई घरछेउको हिलोले समस्या उत्पन्न गराएको छ । ‘नगरपालिकाका नाममा कर मात्रै लिइन्छ,’ कटुवाचौपारीका मधु सुबेदीले भने, ‘सडक भएर पनि नभएको जस्तो छ ।’

मुस्किलले सडकमा सवारी गुडे पनि हिलाम्मे सडकमा सवारी चल्दा आसपासका घर र पसलमा हिलो छ्यापिनेगरेको उनले बताए । हिलो घरभित्रै पसेर स्थानीयले कहिलेकाहिं बस्न र खाना खान समेत पाएका छैनन् ।

नगरपालिकाकै १ र २ जोड्ने पाङ र खुर्कोट जोड्न तीनवटा छुट्टाछुट्टै सडक भए पनि वर्षा शुरु भएपछि सबै सडकमा राम्रोसंग सवारी चन्दैनन् । ‘स्थानीय केही अगुवाहरुले आफ्नो प्रतिष्ठाका लागि सडक खने, अहिले कुनैमा पनि सवारी चल्दैनन्,’ स्थानीय रामु सुबेदीले भने, ‘सडकको अवस्थाले नगरपालिका भन्न पनि लाजमर्दो छ ।’

असारको पहिलो सातादेखि बिग्रिएको सडक मर्मतमा नगरपालिकाले चासो नदेखाएको उनको आरोप छ । नगरपालिकाकै १० वडामा फैलिएको पिपलटारीमा सडक बन्द भएको दुई महिना हुन लागिसक्यो । जेठको अन्तिमदेखि सवारी गुड्न छोडेपछि साबिकको पीपलटारीका बासिन्दाहरु पैदलै सदरमुकाम आउजाउ गर्दै आइरहेका छन् ।

‘सवारी नचल्दा बिरामी, सुत्केरी, बृद्धबृद्धा लगायतलाई बढी समस्या भएको उनले बताए । नगरक्षेत्र हुँदै फलेबास जाने सडकमा सहज सवारी सञ्चालन नभएको करिव एक महिना भयो ।

‘हरेक दिन फलेबास जा“दा बोरामा भुस बोकेर जानुपर्छ,’ सवारीचालक नरेश नेपालीले भने, ‘कुश्माबाट फलेबास पुग्दा रोपाइबाट फर्केजस्तो भइन्छ ।’ नगरपालिकामा स्थानीय सडक मर्मतका लागि पटक–पटक अनुरोध गरिएपनि आवश्यक पहल नभएको स्थानीयहरुको गुनासो छ ।

कुश्मा नगरपालिकाले भने सडक मर्मतका लागि पहल भइरहे पनि सबै ठाउ“मा एकैसाथ काम हुन नसकेको जनाएको छ । नगरपालिकाको आन्तरिक स्रोत कम हुनु र भएको स्रोत परिचालन गर्न कर्मचारीको अभाव हु“दा बढी समस्या देखिएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्