परराष्ट्रमन्त्रीसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

0
Shares

नेपाल समाचारपत्र , काठमाडौ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ। भेटमा परराष्ट्रमन्त्री महराले दुई देशबीचको हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताएका छन् ।

द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने भन्दै महराले संयन्त्रको वैठकलाई नियमितता दिनुपर्ने बताएका छन् ।

महराले दक्षिण एसियाली मुलुक पाकिस्तानसँग सधैं सुमधुर सम्बन्ध रहँदै आएको रयसलाई अझ प्रगाड बनाउनुपर्नेमा जोड दिए ।

राजदूत जावेदले पाकिस्तान–नेपालबीचको हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकारसमक्ष प्राथमिकतासाथ राख्ने बताए। उनले आपसी सहयोग र द्विपक्षीय हितका विषयलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए।