एलए टिम च्याम्पियन


 

नेपाल समाचारपत्र
काठमाडौं
आयोजक लिटिल एन्जल्स स्कुल (एलए) ले १०औं एलए⁄जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। सर्वाधिक ४८ अंकसहित एलए समग्रमा टिम च्याम्पियन बनेको हो। एलएले टिम च्याम्पियनको उपाधि जितेको यो आठौंपटक हो। डिफेन्डिङ च्याम्पियन सेन्ट जेभियर्सले ३६ अंक जोड्दै दोस्रो स्थानमा चित्त बुझायो। २४ अंकसहित प्रिमियर इन्टरनेसनल स्कुल तेस्रो भयो। प्रिमियरकी प्रशंसा मोक्तान प्रतियोगितामा एकल स्पर्धामा दोहोरो स्वर्ण जित्न एक्ली खेलाडी हुन्।

प्रतियोगिताको अन्तिम दिन तीन सिंगल्स स्पर्धाका फाइनल खेल भएका थिए। यु–१४ ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका आदित सुवेदीले स्वर्ण जिते। सोही स्पर्धाको गल्र्समा एलएकी सलोनी तामाङ च्याम्पियन बनिन्। सलोनीले सिकुम सुब्बासँग मिलेर यु–१४ गल्र्स डबल्समा पनि स्वर्ण जितिन्। काष्ठमण्डप विद्यालयका प्रणव मानन्धर यु–१० ब्वाइज सिंगल्समा पहिलो भए।