विस्थापितलाई लायन्सको सहयोग

0
Shares

हेटौंडा,(नेस) । साउन २६ र २७ गतेको अविरल वर्षाका कारण गाउँ नै भासिएपछि विस्थापित भएका मकवानपुरको मनहरी–४, चिसापानीका ३५ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं खाष्टी र सनअफ लाइट नामक संस्थाले चिसापानी पुगेर पीडितलाई राहत वितरण गरेको हो । उनीहरुलाई प्रतिपरिवार त्रिपाल एक थान, म्याट, चामल एक बोरा, चिउरा दश केजी, तेल दुई लिटर, चाउचाउ एक कार्टुन, आँटा पीठो पाँच केजी, नुन तीन पाकेट, चप्पल र सुत्केरीलाई सुत्केरी सामग्री प्रदान गरिएको थियो ।
पीडितलाई खाष्टीका अध्यक्ष दुर्गामान शाक्य, सदस्यहरु दीपक शर्मा, राजेश शर्मा, स्थानीय समाजसेवी कमलचन्द्र सुमन, राजेश मग्रान्ती, वडा अध्यक्ष ध्रुव खड्कालगायतले राहत वितरण गरेका थिए । मनहरी–४, हाँडीखोलाका करिब एकसय ७० परिवार बाढीपहिरोका कारण गाउँमा चिरा परेपछि विस्थापित भएका छन् । उनीहरु विद्यालय, चर्च र जंगलमा अस्थायी टहरा बनाएर बसेका छन् ।