मुस्लिम समुदाय मातृभाषा र राष्ट्रिय भाषाको पक्षमा 

0
Shares

फिरोज सिद्दिकी, सिरहा । नेपाल मुस्लिा ईतिहाद संगठनका केन्द्रिय उपाध्यक्ष ताज मोहम्मद मियाँले मुस्लिम समुदायको आफ्नो अलग पृथक पहिचान भएकोले मातृभाषा र राष्ट्रिय भाषाको पक्षमा स्पष्ट रहेको बताउनु भएको छ ।

मंगलवार सिरहाको लहानमा नेपाल मुस्लिा ईतिहाद संगठन सिरहा र नेकपा एमाले लहान नगरकमिटिले आयोजना गरेको मुस्लिम भेलालाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।

नेपालको निर्माणमा मुस्लिम समुदायको ठूलो भुमिका रहेकोले मुस्लिम समूदाय समृद्ध राष्ट्र निर्माणका पक्षमा उभिएर देशभक्ति र जनभक्तिमा विश्वास गर्दै आईरहेको छ ।

नेपालको मधेशमा वस्ने हुन वा पहाडमा वस्ने आफनो मातृभाष उर्दु र राष्ट्रिय भाषा नेपालीलाई माया गर्दै आईरहेको बताउँदै मधेशवादी दलहरुले हिन्दी भाषलाई प्राथमिकतामा राखेर स्थानीय मातृभाषहरुलाई ओझेलमा पार्ने षडयन्त्र गरिरहेकोले देशभक्त मुस्लिम समूदायलाई मान्य नहुने धारणा राख्नुभयो ।

सिरहाका मुस्लिम समूदायले हिमाल पहाड तराई जोडने नेकपा एमालेको पक्षमा स्थानीय निर्वाचनमा साथ दिन मुस्लिम अगुवाहरुलाई अपिल गर्नु भयो ।

लहान नगरपालिकामा मेयरका उम्मेदवार मुनि साह र उपमेयर उम्मेदवार सरियार चौधरले मुस्लिम र हिन्दु, मधेशी र पहाडी मिलेर लहानको समृद्धि र विकासको लागि आफूहरु कटिवद्ध रहेको प्रतिवद्धता मुस्लिम भेलामा गर्नुभयो ।